Skip This
कोशी प्रदेशस्तरीय महिला फुटबल : ओखलढुंगा र ताप्लेजुङ सेमिफाइनल प्रवेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १४:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोशी प्रदेशस्तरीय महिला फुटबल : ओखलढुंगा र ताप्लेजुङ सेमिफाइनल प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १४:o७:oo

खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ओखलढुंगा र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रंगशालामा जारी प्रतियोगितामा ओखलढुंगाले इलामलाई १–० र ताप्लेजुङले खोटाङलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्।

पहिलो दिन अर्थात् बिहीबार भएको खेलमा ओखलढुंगाले सोलुखुम्बुलाई १–० तथा ताप्लेजुङले धनकुटालाई १–० ले नै पछि पार्दै क्वाटरफाइनल पुगेका थिए। पहिलो दिनकै खेलमा इलामले उदयपुरलाई र खोटाङले सुनसरीलाई टाइब्रेकरमार्फत पराजित गर्दै अघि बढेका हुन्। 

प्रतियोगिताको दोस्रो दिन शुक्रबार सम्पन्न समूह चरणको खेलमा मोरङले पाँचथरलाई १–० तथा तेह्रथुमले संखुवासभालाई १–० गोलले नै पछि पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी छन्।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु. २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा विधागततर्फ वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, वेस्ट फरवार्ड, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु. तीन हजार तथा वेस्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही रु. दुई हजारसहित मेडल र प्रमाणपत्र दिइनेछ। प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न ४२ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले जानकारी दिए।