Skip This
धनगढीमा एकैपटक रोपियो करिब १८ सय बिरुवा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १३:५१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनगढीमा एकैपटक रोपियो करिब १८ सय बिरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १३:५१:oo

धनगढीमा एकैपटक करिब एक हजार आठ सय बिरुवा रोपिएका छन्। धनगढी उपमहानगरपालिकाको आयोजनामा हुलाकी राजमार्गअन्तर्गत क्याम्पस चोकदेखि मनोहारा तथा क्याम्पस चोकदेखि कैलाली बहुमुखी क्याम्पससम्म चार लेन सडकको मिडियनमा शनिबार बिहान एक हजार ७९५ बिरुवा रोपिएका हुन्।

वातावरणलाई स्वच्छ राख्न तथा सहरी सौन्दर्य बढाउन शिरीषका बिरुवा रोपिएको उपमहानगरको जिन्सी शाखा प्रमुख कृष्ण जोशीले बताए। धनगढी–अत्तरिया जोड्ने ६ लेन सडक, धनगढी विमानस्थल जोड्ने सडक तथा विभिन्न वडा जोड्ने रिङ रोडमा पनि उपमहानगरले यस वर्ष वृक्षारोपण गरेको जोशीले जानकारी दिए।

शनिबार बिहान आयोजित वृक्षारोपण कार्यक्रममा उपमहानगरका जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकलगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। नगरका उपप्रमुख कन्दकलाकुमारी रानाले वृक्षारोपण कार्यक्रमको उद्घाटन गरिन्।

धनगढीलाई हरियाली र स्वच्छ सहर बनाउने उद्देश्यसहित उपमहानगरले ‘हरियाली धनगढी’ अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत विभिन्न ठाउँमा वृक्षारोपणका कार्यक्रम भइरहेका छन्।

वृक्षारोपणमा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, टोल समितिलगायत नगरबासीले सहयोग गरिरहेका उपप्रमुख रानाले बताइन्। यो बर्खामा नगरका विभिन्न ठाउँमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको उपमहानगरले जनाएको छ।