Skip This
दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १४:१३:oo

दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ। गढवा गाउँपालिका– ५ मा गंगदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा सोही ठाँउका ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको हो।

चौधरी ट्याक्टरमा सवार थिए। शनिबार दिउँसो ट्याक्टर खोला पार गर्ने क्रममा बगाएको हो। साथै, दुईजनाको सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्। उनका अनुसार ट्याक्टरचालक महेश यादव र राजकुमार चौधरीको उद्धार गरिएको हो। 

यसअघि, आजै बाढीमा परी दाङमा एकजना बेपत्ता भएका छन् भने दुईजनाको उद्धार गरिएको छ। राजपुर गाउँपालिका वडा नं २ का किसानहरू दुध बेचेर फर्किँदै गर्दा लमही नगरपालिका वडा नं ७ हस्नापुरस्थित बाढीमा फसेका थिए। 

लमहीबाट फर्किने क्रममा राजपुर गाउँपालिका वडा नं २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको हो, भने उनीहरूसँगै गएका १८ वर्षीय राजकुमार यादव बेपत्ता भएका प्रहरीले बताएको छ।

तीनजनासँगै रहे पनि एकजनालाई बाढीले बगाएको हो भने दुईजना सिमलको रुखमा चढेका थिए। अविरल वर्षाका कारण लमही नगरपालिका ७ हस्नापुर, राप्ती गाँउपालिका ५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन्। डुबानमा परेका बस्तीहरूमा सशस्त्र प्रहरी, नेपाल प्रहरीले डुबानमा उद्धार गरिरहेको छ।