Skip This
करेन्ट लागेर वीरगन्ज कारागारमा कैदीबन्दीको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असार २२ शनिबार १४:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर वीरगन्ज कारागारमा कैदीबन्दीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १४:३१:oo

वीरगन्ज कारागारमा शनिबार बिहान एकजना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो।

वीरगन्ज कारागारमा ०७५ सालदेखि जेलजीवन बिताउँदै आएका उनको कारागारको मेसमा काम गर्ने समयमा करिब साढे ११ बजे करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

बोगटीका अनुसार जबर्जस्ती करणी मुद्दामा कारागार सजाय कटाउँदै आएका उनको मेसमा काम गर्ने समयमा मोटरमा आएको करेन्ट लागेर मृत्यु भएको हो। मृतक नुनियाको शव अहिले नारायणी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको प्रहरी निरीक्षक बोगटीले बताए।