Skip This
दोलखामा बाढीले तीन घर बगायो, एक महिला बेपत्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १४:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखामा बाढीले तीन घर बगायो, एक महिला बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १४:२३:oo

गएरातिदेखिको लगातार वर्षाका कारण दोलखाको लामाबगरस्थित रोल्वालिङ खोलामा आएको बाढीले लामाबगरको दोंगाङमा तीन घर बगाएको छ। च्छोरोल्पा हिमताल प्रवेश गर्ने मार्गको दोंगाङ बस्तीका तीन घर बगाउनुका साथै एक महिला बेपत्ता भएकी छिन्। 

बाढीमा परी गौरीशंकर गाउँपालिका–९ दोंगाङमा होटेल व्यवसाय सञ्चालन गर्दै आएकी ६० वर्षीया जाङमु शेर्पा बेपत्ता भएकी दोलखा प्रहरीले जनाएको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीमा बेपत्ता भएकी महिलाको खोजीमा स्थानीय जुटेका छन् भने घटनास्थलमा गोँगरबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए। 

प्रहरीका अनुसार बाढीले ३ घरसहित होटेल पनि बगाएको छ। रोल्वालिङ खोलामा आएको बाढीले छ्योतछ्योत–सिमीगाउँ–च्छोरोल्पा पदमार्गस्थित गौरीशंकर गाउँपालिका–९ दोंगाङमा घर र होटेल बगाएको हो।

यता तामाकोशी नदीमा आएको बाढीले पनि नदी किनार क्षेत्रमा क्षति गरेको छ।