१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १५ शनिबार
  • Monday, 01 July, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १५ शनिबार १४:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनाव वैशाखमै हुन्छ भने पनि सामना गर्न तयार छौँ : अध्यक्ष नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १५ शनिबार १४:२६:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन्। चुनावबाट आफूहरू नआत्तिएको भन्दै उनले जुनसुकै वेला पनि सामना गर्न तयार रहेको बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै नेपालले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी गरे। उनले एमाले अध्यक्ष केपी ओली आगामी निर्वाचनसम्म गठबन्धन फुटाउन लागिपरेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए।

‘चुनावसँग हामी आत्तिएका छैनौं। चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छाैँ। चुनाव यदि ज्येष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ,' उनले भने, 'स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ, केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ। चुनावबाट हामी आत्तिएका छैनौँ। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौँ। यस अर्थमा चुनावको कुराबाट अरू आत्तिएका होलान् । गठबन्धनको एकता तोड्न खोजिरहेका होलान्। भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान्। अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन। नमिलेपछि गठबन्धन टुट्छ। टुटिसकेपछि त्यसको फाइदा उठाउँला भनेर कोही त्यो मौकाको ताकमा पनि होलान्।’

अध्यक्ष नेपालले स्थानीय तहको अन्तिम चरणको निर्वाचन असोज २ मा भएकाले त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा राखेका छन्। उनले स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल ०७९ साल असोज २ पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दाबी गरे।

 

ad
ad
ad
ad