१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १३ बिहीबार १६:२२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १३ बिहीबार १६:२२:००

साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ। साताको चार दिन ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अंकले बढेको हो। नेप्से ३.३३  अंकले वृद्धि भएर दुई हजार ७७९.९८ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इन्डेक्स ०.३८ अंकले बढेको छ।

नेप्से सामान्य अंकले बढे पनि सेयर कारोबार रकममा भने गिरावट आएको छ। आज कारोबारमा आएका दुई सय २४ कम्पनीको ६६ लाख ७५ हजार दुई सय ३१ कित्ता सेयर तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रुपैयाँमा कारोबार भएको छ। बुधबार चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेको कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सातवटा उपसमूहको सेयर सूचक बढेको छ भने ६ वटा उपसमूहको सूचक घटेको छ। जसमा निर्जीवन बिमा उपसमूहको सूचक सबैभन्दा बढी १.०५ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.६९ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ४.१४ प्रतिशतले घटेको छ।