मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ माघ १३ बिहीबार १०:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिप दुर्घटनामा दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ माघ १३ बिहीबार १०:२०:००

आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफैँ अनियन्त्रित भई सडकदेखि करिब पाँच सय  मिटर तल झरेको छ । 

मेची राजमार्गको रोङ गाउँपालिका– ४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर  थापाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका– ४ बस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सूर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो । 

जिपचालक मेचीनगर– ४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि झापाको बी एन्ड सी अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।