राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जनकपुर पुगेका सर्लाही हरिवन नगरपालिकाका मेयर चढेको गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् । बुधबार मेयर गणेशप्रसाद प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको प्रदेश–२०३००१झ ००२० नम्बरको गाडीमा तोडफोड हुँदा मेयर प्रसाईं घाइते भएका छन् ।
उनलाई प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ । तोडफोडका कारण गाडीको पछाडिको सिसा फुटेको छ ।