Skip This
सिन्धुपाल्चोक स्थानीय सरकारका ७३ भवन बने  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १२ बुधबार
  • Sunday, 07 July, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७८ माघ १२ बुधबार o७:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक स्थानीय सरकारका ७३ भवन बने  

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ माघ १२ बुधबार o७:oo:oo

स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्न लागेको छ । यो अवधिमा सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय सरकार र त्यसभित्र रहेका एक सय तीन वडाका लागि ७३ भवन निर्माण भएको पाइएको छ । भोटेकोसी गाउँपालिकाले हिन्दीमा ६ करोडको गाउँपालिका भवन निर्माण गरेको छ । पाँच वडामध्ये तीनको नयाँ भवनबाट कामकाज सुरु भएको छ । बाह्रबिसे नगरपालिकाले नगरको सानो भवन तयार गरेको छ । ठाउँ अभावले भनेजस्तो भवन बनाउन सकेको छैन । नौ वडामध्ये सातवटा वडाको काम नयाँ भवनमा सरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाले चार करोड लागतको भवन तयार गर्दै छ । ६ वडामध्ये एक मात्रै नयाँ भवनमा सरेको छ । अरू पुरानै भवनमा छन् । लिसंखुपाखर गाउँपालिकाले पहिला एक करोड ५० लाखमा भवन बनाएको थियो । अहिले १४ करोड लागतमा आलिसान भवन बनाउँदै छ । बागमती प्रदेश र जिल्ला समन्वय समितिले दिएको रकमबाट भवन बनाउन लागेको हो । सात वडामध्ये दुईटा वडाको नयाँ भवन तयार भएको छ । 

बलेफी गाउँपालिकाले ६ करोडको नयाँ भवन तयार गरेको छ । आठ वडामा चार नयाँ बन्यो, चार वडा पुरानै भवनमा सञ्चालन भएका छन् । जुगल गाउँपालिकाले पालिका भवन तयार गर्दै छ । ६ वटा वडाको नयाँ भवन निर्माण भएको छ । सुनकोसी गाउँपालिकाले घर भाडामा लिएर कामकाज सञ्चालन गरिरहेको छ । पालिका भवन बनाउने ठाउँ विवादित भएकाले भवन निर्माण रोकिएको हो । सातमध्ये पाँचवटा वडा नयाँ भवनमा सरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले सात करोडको नगर भवन तयार गरेको छ । नौवटा वडा भवन तयार भइसकेका छन् । पूर्वाधारमा चौतारा नगर अगाडि छ । इन्द्रावती गाउँपालिकाले ६ करोड ५१ लाखमा प्यागोडा शैलीमा आकर्षक भवन निर्माण गरेको छ । १० वटा वडा भवन पनि तयार गरेको छ । मेलम्ची नगरपालिकाले सात करोडमा दुईवटा नगर भवन बनाएको छ । १३ वडामध्ये सातवटा वडा नयाँ भवनमा सरेका छन् । पाँचपोखरी थांपाल गाउँपालिकाले १० करोडमा पालिका भवन निर्माण गरिरहेको छ । दुईवटा वडा भवन तयार गरेको छ ।

मेलम्ची खोलाको बाढीले ठूलो क्षति पुर्‍याएको हेलम्बु गाउँपालिकाले तीनवटा वडा भवन तयार गरेको छ । गाउँपालिका भवन भने महत्वाकांक्षी योजनाका कारण अलपत्र परेको छ । पालिका भवन बनाउन ३५ करोड लागत लाग्ने गरी डिपिआर तयार भएकोले रकम अभाव भएको हो । संघीय सरकारले नौ करोडसम्मको पालिका भवन बनाउन अनुमति दिएकोले बाँकी रकम विभिन्न स्रोतबाट जम्मा गरेर भवन बनाउने योजनामा रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । 

ad
ad
ad
ad