१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ माघ ११ मंगलबार ०८:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ माघ ११ मंगलबार ०८:५९:००

सामान्य भनाभनमा आफूसँगै काम गर्ने साथीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।  ८ माघ साँझ सँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै  साथी झप्पु भन्ने कटहरी गाउँपालिका– ३ का २८ वर्षीय अशोक ऋषिदेवको हत्या आरोपमा सोही ठाउँका ३८ वर्षीय शेखर राजवंशी पक्राउ परेका हुन् । 

सँगै राजमिस्त्री काम गर्ने उनीहरूबीच ८ माघ साँझ मदिरा सेवनपछि लेनदेनको विषयमा  भनाभन भएको थियो । सोही विषयमा आवेगमा आएका  शेखर र  अर्का एकजना मिलेर आफ्नै साथी अशोकलाई कुटपिट गरी हत्या गरेका थिए । हत्यापछि अपराध लुकाउन उनीहरूले अशोकको शव र उनको मोटरसाइकल स्थानीय पोखरीमा फालिदिएका थिए । 

मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङका अनुसार सुरुमा अशोकको मृत्यु पोखरीमा डुबेर भएकोजस्तो देखिए पनि मोटरसाइकल पोखरी किनारमा भएको र पोखरीमा मृत फेला परेका अशोकको शरीरमा चोट देखिएपछि  अनुसन्धान गर्दै जाँदा उनको आफ्नै साथीबाट हत्या भएको खुलेको थियो । यसैले प्रहरीले अशोेकको हत्या आरोपमा घटना भएको भोलिपल्ट  ९ माघमा शेखरलाई पक्राउ गरेर १० माघमा कर्तव्य ज्यान कसुरमा मोरङ अदालतमा मुद्दा दर्ता गराएको छ । 

फरार अर्का  आरोपीको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।