मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार १६:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा कानुन व्यवसायीसँग सत्तागठबन्धनको छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार १६:३५:००

सत्तागठबन्धनले तीन तहको निर्वाचनबारे कानुन व्यवसायीसँग छलफल सुरु गरेको छ। गठबन्धनले आफूनिकट कानुन व्यवसायीसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल थालेको हो।  बालुवाटारमा प्रधानमन्त्रीसहित सत्तागठबन्धनका प्रमुख नेताहरू कानुन व्यवसायीसँगको छलफलमा छन्।

निर्वाचनलगायतका विषयमा छलफलका लागि कानुन व्यवसायीलाई बोलाइएको पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बताए। सत्तागठबन्धनका शीर्ष नेताहरूले कात्तिक–मंसिरमा तीनवटै निर्वाचन गराउने गरी निर्णायक कसरत थालेका छन्। स्थानीय तहका पदाधिकारीको समयावधिबारे संविधान र कानुनविद्सँग छलफल गरेर टुंगोमा पुग्ने र कात्तिक–मंसिरमा तीनवटै निर्वाचन गराउने गठबन्धनका नेताहरूको योजना छ। 

तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै यसको विरोध गरिरहेको छ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति धकेल्ने कुरा आफूहरूलाई स्वीकार नहुने आज विज्ञप्ति जारी गर्दै बताएको छ।