१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आज देशभरका अदालत बन्द  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o२:oo

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछन्। सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो। 

सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा शोक बिदा दिने भएकाले आज बन्द हुने भएको हो। पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो। सरकारी सेवामा ०१५ सालमा प्रवेश गरेका शर्माले ०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भई अदालतको न्यायाधीश भएर काम गर्दै ०५४ चैतदेखि ०५६ मंसिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए। स्व. शर्माका एक छोरा र एक छोरी छन्।     
     
सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश शर्माको निधनप्रति दुःख व्यक्त गरी चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। रासस     

ad
ad