१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ माघ ९ आइतबार ११:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङको जहदामा एक महिलाको रहस्यमय हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ माघ ९ आइतबार ११:५६:००

भारतसँग सिमाना जोडिएको मोरङको जहदा गाउँपालिकामा एक प्रौढ महिलाको रहस्यमय हत्या भएको छ। जहदा गाउँपालिका– ७ भीमपुरकी ४४ वर्षीया कल्पनादेवी नुनियाको रहस्यम हत्या भएको हो।

उनको शव शुक्रबार दिउँसो उनकै घरमा कपडा ओढाएको अवस्थामा फेला परेको थियो। शवको घाँटीमा डोरीले कसेको गहिरो नीलडाम पाइएकाले उनको हत्या भएको शंका बलियो भएकाले सोहीअनुसार अनुसन्धान अघि बढाइएको मोरङका एसपी जर्नादन जिसीले बताए।

एसपी जिसीका अनुसार कल्पनादेवीको हत्या भएको अघिल्लो दिन घरझगडा भएको थियो। सोही दिन घरका र गाउँका केही मानिस बसेर मदिरा सेवन गरेकाले उनको सम्पत्ति वा अन्य प्रतिशोधका कारण परिवारकै सदस्यले मिलेर हत्या गरेको वा गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

अनुसन्धानमा संलग्न एसपी जिसीले भने, ‘हत्या यसरी नै भएको हो भनेर अहिले नै ठोकुवा गर्न सकिँदैन, तर एकभन्दा बढीले मिलेर हत्या गरेको प्रस्ट भइसकेकाले हामी तीव्र अनुसन्धान गरिरहेका छौँ ।’ घटनापछि  परिवारमा सँगै बस्दै आएका कल्पनाका छोराहरू २८ वर्षीय प्रधुम र २१ वर्षीय चैतन्यसहित उनीहरू दुवैका श्रीमतीहरू फरार छन्।