जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता वितरण कार्य स्थगित गरेको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि नागरिकतासहितका विभिन्न कार्यहरू स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रशासनले नागरिकतासँगै नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी प्रदान कार्य पनि स्थगित गरेको छ । अर्काे सूचना जारी नहुन्जेल बुधबारबाट लागू हुने गरी सेवा स्थगित गरेको विज्ञप्तिमा जनाइएको छ।