लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ। समितिले साेमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ठाकुरले विधानविपरीत एकलौटी रूपमा मोहम्मद कादिरको संयोजक समिति गठन गरेकामा विरोध गरेका छन् ।
प्रदेश उपाध्यक्ष कामेश्वर रौनियारले बहुमत सदस्यहरूको भेलाबाट इनामुल हक अन्सारीको संयोजकत्वमा गठन गरिएको ३१ सदस्यीय मोरङ कार्यसमितिलाई मान्यता दिनुपर्ने माग गर्दै दबाबमूलक कार्य गर्ने बताए । उनले पार्टीलाई तहसनहस पार्न र मोरङमा रहेको संगठन विस्तारमा अवरोध सिर्जना गर्न केन्द्रले उक्त निर्णय गरेको आरोपसमेत लगाए।
संयोजक अन्सारीले गएको पुस २४ गते केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत १२५ जना अगुवा कार्यकर्ताहरूको भेलाले विधानअनुसार आफूलाई संयोजक घोषणा गरेमा त्यसलाई केन्द्रले मान्यता दिनुपर्ने जोड दिए । पत्रकार सम्मेलनमा मंगलबार पार्टी कार्यालय स्थापना गरी संगठन विस्तार कार्यमा लाग्ने उनले जानकारी दिए। रासस