१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राैतहटमा पाँच महिनामा १४ लागुऔषध कारोबारी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:३o:oo

इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको नियमित गस्ती टोलीले २९ पुसमा चन्द्रपुर नपा ५ थलही टोलस्थित भित्री बाटोमा हिँडिरहेको अवस्थामा शंकाका आधारमा चेकजाँच गर्दा सोही स्थानको २० वर्षीय सुमन विकलाई प्रतिबन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको छ  ।

पक्राउ परेका युवक विकको साथबाट डाइजेल्याब इन्जेक्सन आइपी २ एमएलको ३८ थान, बुपरेनोफिन इन्जेक्सन आइपी २ एमलको ३६ थान, आरएक्स प्रोमेथराजिन हाइड्रोक्लोराइड इन्जेक्सन आइपी फेनेरगन २ एमएलको ३९ थान, नाइट्राभेट १० ट्याब्लेट ३२ थान बरामद भएको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बितेको पाँच महिनामा लागुऔषध ओसारपसारको कसुरमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । २६ पुसमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बा०३००१ ख १८०८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा मकवानपुर हेटाैँडाका सुरज थापा र रौतहटको गौर नगरपालिका–४ का नितेशकुमार राउतलाई एक किलो गाँजासहित पक्राउ गरेको थियो । ७ पुसमा प्रहरीले शंकास्पद तरिकाले हिँडडुल गरिरहेको अवस्थामा चन्द्रनिगाहपुरबाट चन्द्रपुर–५ का राजेश राउतलाई लागुऔषध इन्जेक्सन र २१ पिस ट्याबलेटसहित पक्राउ गरेको थियो । 

चन्द्रपुर नगरपालिकामा लागुऔषधको कारोबार तथा सेवन गर्नेहरूविरुद्ध प्रहरीले अभियान नै चलाएको अवस्थामा कार्तिक २४ गते लागुऔषध नाइट्रोभेटसहित सर्लाहीको हरिऔन नगरपालिका–११ का २१ वर्षीय सचिन साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए । उनको साथबाट २३ पिस नाइट्रोभेट बरामद भएको थियो । 

१७ कार्तिकमा चन्द्रपुर–४ स्थित ज्ञानबहादुर लाप्चनको घरमा लागुऔषधको कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गर्दा ठूलो परिमाणममा विभिन्न किसिमका लागुऔषध बरामद गरेको थियो । त्यस्तै, ९ कार्तिकमै प्रहरीले लागुऔषध नाइट्रोभेट ट्याब्लेटसहित सर्लाहीको ईश्वरपुर नगरपालिका–५ का २२ वर्षीय रोज मोहमद र सोही स्थानका देवेन्द्र दासलाई चन्द्रनिगाहपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले तीन हजार पिस नाइट्रोभेट ट्याब्लेट बरामद गरेको थियो । भारतसँग खुला सीमा भएको रौतहट जिल्लामा लागुऔषध खरिदका लागि देशका विभिन्न स्थानबाट युवाहरु आउने गरेको प्रहरीको तथ्यांक छ ।  

२२ असोजमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषध तथा आपराधिक षड्यन्त्रको कसुरमा चारजनालाई पक्राउ गरेको थियो । चन्द्रपुर ४ टेकान टोलका अन्जुम तैयबको घरबाट रौतहटको गुजरा नगरपालिका–३ का उमाशंकर तिवारी, गौर नगरपालिका–४ बस्ने पुनम उपाध्याय, बारा कलैया बस्ने नैना कुमारी महतो र पर्सा जिल्लाकी सुनम उपाध्यायलाई पक्राउ गरेको थियो । प्रहरीले मोटरसाइकलबाट प्रतिबन्धित लागुऔषध नाइट्रोपाम ट्याब्लेट एक सय २० वटा, नाइट्रोपाम आइपी निटाभेट एक सय ८० वटा र डाइजेपाम इन्जेक्सनसहित उनीहरूलाई पक्राउ गरेको थियो । त्यसैगरी, २४ भदौमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिका–६ का २९ वर्षीय जीवन सिंह र गुजरा नगरपालिका–५ का ३० वर्षीय अवलाकुर रहमानलाई विभिन्न प्रकारका इन्जेक्सन तथा नाइट्रोभेटसहित पक्राउ गरेको थियो । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पाँच महिनाका १४ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेर कानुनअनुसार मुद्दा चलाएको डिएसपी लामिछानेको भनाइ छ । प्रहरीले लागुऔषधविरुद्ध अभियान नै चलाएको डिएसपी लामिछानेले बताए । सीमावर्ती क्षेत्रबाट लागुऔषध चन्द्रनिगाहपुरसम्म आउने गरेको छ । विक्रेताले लागुऔषध लिएर आउँदै गरेको अवस्थामा सुराकीका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरूलाई पक्राउ गरेको बताएको छ । 
 

ad
ad