१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २६ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २६ सोमबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धन स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्रमा लाग्यो : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २६ सोमबार १७:३६:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागिरहेको बताए। सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौँ जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको दाबी गरे। अध्यक्ष ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यस्तै हालतमा पुर्‍याउन खोजको तर्क गरे।

उनले ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गरे। अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी) पार्टीलाई नक्कली वामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरूलाई एमालेमा फर्कन पनि आह्वान गरे। दक्षिणपन्थीहरूको सेवामा समर्पित सो पार्टीमा गएकाहरूलाई नअलमलिईकन एमालेमा आउनुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले एमाले मात्रै मुलुकको परिवर्तन चाहने वामपन्थी पार्टी भएको पनि दोहोर्‍याए।