१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष २४ शनिबार ०९:४६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुपर दोर्दी ‘ख’ को मुख्य सुरुङ छेडियो

Read Time : > 1 मिनेट
२०७८ पौष २४ शनिबार ०९:४६:००

लमजुङको दोर्दीखोलामा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडिएको छ । आयोजनाका पाँच हजार एक सय ४४ मिटर मुख्य सुरुङ छेडिएको हो । पाँच हजार एक सय ४४ खनेर सकिएसँगै सुरुङको ढलानको काम भइरहेको सुपरदोर्दी ख का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । उनका अनुसार हालसम्म आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको काम पूरा भई उपकरण जडानको काम भइरहेको छ ।

गत असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएसँगै हाल बाँध क्षेत्रको पुनर्निर्माणको काम भइरहेको भएको  छ । बाढीपहिरोले बाँध क्षेत्रसम्म पुग्ने पहुँचमार्ग बगाएको आयोजनाका पछि रोकिएको काम सुरु भई तीव्र गतिमा अघि बढेको छ । यस्तै, एक हजार एक सय मिटर पेनस्टक पाइप जडानको काम भइरहेको छ उपकरण जडानको काम पूरा गरी आगामी जेठमा परीक्षण गर्ने लक्ष्य रहेको कम्पनीका प्रबन्ध निर्देशक केशव रायमाझीले बताए । उनले भने ०७८ पुसबाट विद्युत् उत्पादन गर्ने तयारी गरेको आयोजना बाढी र कोरोनाका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन गर्ने मिति पछाडि धकेलिएको हो । पछिल्लो तालिकाअनुसार आयोजनाको सबै काम पूरा गरेर ०७९ असारभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । 

प्रसारणलाइन आफैँ निर्माण गर्दै आयोजना
सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको किर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरिरहेको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहनेछ । पाँचवटा टावर निर्माण भइसकेका छन् । आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा खर्च बढ्ने प्रोजेक्ट डाइरेक्टर गौतमले बताए ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा नाैवटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनाको ०७२ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको हो । आयोजनाको ०७३ असारबाट निर्माण कार्य सुरु भएको थियो । पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रस हेड ६४० मिटर रहने छ भने वार्षिक  करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण थाल्दा ४९.६ मेगावाट भनिए पनि हाल त्यो बढेर ५४ मेगावाट पुगेको छ । दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी ख जलविद्युत आयोजना मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनापछिको सबैभन्दा ठूलो आयोजना हो ।