१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २२ बिहीबार १७:२६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिहीबार नेप्से परिसूचक ४३ अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २२ बिहीबार १७:२६:००

साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ४० अंकभन्दा बढीले वृद्धि भएको छ। बुधबार ३०.७५ अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार ४३.२९ अंकले बढेर दुई हजार ६९२.४७ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ९.१६ अंकले बढेको छ।

आज कारोबारमा आएका २३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता सेयर तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। नेप्से बढे पनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार  ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटेल तथा पर्यटन उपसमूहको परिसूचक ३.४८ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत् र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ।

बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।