१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Saturday, 28 September, 2024
अजित अधिकारी काठमाडाैं
२o७८ पौष २२ बिहीबार o७:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशकै ठूलो पेट्रोलपम्प सञ्चालनमा

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार o७:१o:oo

नेपाल आयल निगमले नेपालगन्जमा निर्माण गरेको देशकै सबैभन्दा ठूलो क्षमताको पेट्रोलपम्प आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बुधबार उद्घाटन गरेका छन् । एक लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने अन्डरट्यांक रहेको पम्पमा २५–२५ हजार लिटर क्षमताको तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरको दुईवटा पेट्रोल ट्यांक रहेको पौडेलले बताए । 

निगमका प्रबन्धक शैलेन्द्र भुसालका अनुसार अन्डरट्यांकमा रहको तेलको परिमाण कम्प्युटरबाट हेर्न मिल्ने प्रविधि जडान गरिएको छ । ‘प्रत्येक अन्डरट्यांकमा कति तेल छ हेर्न एउटा सफ्टवेयर (चिप्स) अन्डरट्यांकमा राखेका छौँ ।’  उनले भने, ‘यो प्रविधिका कारण अन्डरट्यांकमा तेल सकिन लागेपछि भर्न सजिलो हुन्छ ।’

त्यस्तै, प्रत्येक डिस्पेन्सिङ मेसिनले कुन सवारीसाधनमा कति तेल हाल्यो भन्नेसमेत हेर्न मिल्ने सफ्टवेयर जडान गरिएको छ । यसबाट मेसिनमा देखाए बराबरकै तेल सवारीसाधनमा हाले–नहालेको यकिन गर्न सजिलो हुन्छ । ‘नोजलको सहायताले सवारीसाधनमा तेल हाल्दा कहिलेकाहीँ मेसिनमा देखाएर बराबरको तेल नपुगेको हो कि भन्ने कुनै उपभोक्तालाई आशंका हुन सक्छ । त्यस्तो वेलामा आफ्नो सवारीसाधनमा कति तेल गयो भनेर निगमको कम्प्युटर प्रणालीमा हेर्न सकिन्छ’ हाल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट प्रमुख रहेका भुसालले भने ।

निगमले पम्प परिसरमै सानो कार्यालय राखेको छ । त्यहीँ कम्प्युटर राखेर अटोमेसन प्रविधिको नियमन सुरु गरिएको छ । पम्पमा डिजेल बिक्रीका लागि दुई र पेट्रोल बिक्रीका लागि तीनवटा डिस्पेन्सिङ मेसिन छन् । हाल आयात भइरहेको युरो ६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर विभिन्न पम्पमा आगलागी हुन थालेपछि निगमले बनाएको नयाँ पम्प परिसरमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको छ । जसकारण स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून रहेको निगमले जनाएको छ । निगमले यसअघि रुपन्देहीको भैरहवामा पम्प सञ्चालन गरिरहेको छ । सो पम्पलाई पनि दुई वर्षअघि अपग्रेड गरी ठूलो क्षमतामा इन्धन बिक्रीयोग्य बनाइएको छ ।