मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष १९ सोमबार १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १७:o२:oo

एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगाे लगाएको छ ।  तुल्सीलाल आमात्य प्रतिष्ठानमा सोमबार बसेको पार्टी बैठकले  १९ जना उम्मेदवारहरूको टुंगाे लगाएको हो । 

राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूमा प्रदेश १ बाट सुमित्रा भण्डारी, देवराज घिमिरे र सोनाम ग्याल्जेन शेर्पा, प्रदेश २ बाट असर्फी यादव र विना साह रहेका छन् । 

त्यसैगरी एमालेले बागमती  प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवर, गण्डकी प्रदेशमा गोविन्दबहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । 

त्यस्तै लुम्बिनी प्रदेशबाट कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता,  कर्णाली प्रदेशबाट पदमबहादुर माझी, जमुना थापा र चूडामणि शर्मा, सुदूरपश्चिम  प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय एमालले गरेको होे। 

१९ सिटका लागि आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदै छ ।