१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १८ आइतबार १८:२१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतीय सेनाले सीमा क्षेत्रमा नयाँ उपकरण लैजाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १८ आइतबार १८:२१:००

भारतीय सेनाले घरेलु डिजाइनअनुसार विकसित गरिएका एन्टी पर्सनल तथा एन्टी ट्यांक माइन्स लैजान लागेको छ । यी सैन्य उपकरणले चीन र पाकिस्तानसँगको सीमा क्षेत्रमा सम्भावित कुनै पनि असहज अवस्थामा भारतीय सेना प्रतिरक्षाको पहिलो लाइनमा काम गर्न सक्ने समाचार संस्था एएनआईले जनाएको छ ।

‘भारतीय सेनाको इन्जिनियर्स कप्र्सले एन्टी पर्सनल र एन्टी ट्यांक माइन्सको नयाँ सेट प्राप्त गर्न लागेको छ । यसले विदेशबाट भारतमा घुसपैठ गर्न खोज्ने आतंकवादी वा उग्रवादीहरूलाई नियन्त्रण गर्न सक्ने छ,’ भारतीय उच्च सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै एएनआईले समाचार लेखेको छ । ती सैन्य उपकरणको प्रदर्शनी एक साताअघि पुनामा भएको थियो । भारतीय सेनाले सात लाख यस्ता सैनिक उपकरण प्राप्त गर्न लागेको छ । 

प्रचण्ड, उल्का, पार्थजस्ता नयाँ उपकरणहरू भित्र्याउन लागेको भारतीय सेनाले जनाएको छ । यी उपकरण डिआरडिओद्वारा विकास गरिएका र भारतीय भूगोलका लागि प्रभावकारी देखिएका पनि एएनआईले जनाएको छ । भारतीय सेनाले सीमा क्षेत्रमा कार्यरत फौजहरूका लागि उच्च हिमाली क्षेत्रमा नयाँ मोडलका वाटर पम्पसमेत तयार गर्न लागेको छ । सीमा क्षेत्रमा भारतीय सेनाले २ सय जति नयाँ मोडलको वाटर पम्पमार्फत पानीको व्यवस्था गर्न लागेको छ ।