मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १७ शनिबार
  • Friday, 11 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १७ शनिबार १६:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाले गरे पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १७ शनिबार १६:५५:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिएका हुन्।

मनोनीत हुनेहरूमा नेता पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन विश्वकर्मा रहेका छन्। कांग्रेसको विधानअनुसार पार्टी सभापतिले ३३ केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।