१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
सौरव यादव राजविराज
२o८१ बैशाख १९ बुधबार १९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनमत पार्टी सप्तरीका संयोजकसहित १४ कार्यकर्ता पक्राउ 

Read Time : < 1 मिनेट
सौरव यादव राजविराज
नयाँ पत्रिका राजविराज
२o८१ बैशाख १९ बुधबार १९:४७:oo

 हातहातमा लाठी लिएर बजार तथा यातायात बन्द गर्न उत्रिएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका १४ कार्यकर्तालाई प्रहरीले सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माध प्रसाद काफ्लेलेका अनुसार विभिन्न स्थानबाट  १४ जना पक्राउ परेका छन् ।

जनमत पार्टीका जिल्ला संयोजक किसान मण्डल, सचिव थानेश्वर साह, कोषाध्यक्ष शम्भुकुमार साह, हनुमाननगर कंकालिनी–१ का संयोजक सुरेन्द्र मण्डल, पंकजकुमार सिन्हा, रामकृष्ण मण्डल, प्रदीपकुमार मण्डल, चन्देश्वर मण्डल, सुशीलाकुमारी यादव, रूपेशकुमार यादव, योगेन्द्र साहसहित १४ जना पक्राउ परेको  प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । 

ad
ad