१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १० शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १० शनिबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बंगलादेश एक सय  ५८ रनले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १० शनिबार o७:४५:oo

नेपाली पुरुष यू–१९ क्रिकेट टोली शुक्रबार एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशसँग एक सय ५८ रनको फराकिलोअन्तरले पराजित भएको छ । सारजहाँमा नेपालले समूह बीमा आफ्नो पहिलो खेलमा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गर्दा फराकिलोअन्तरले हारको सामना गरेको हो । पहिलो ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा चार विकेट गुमाएर दुई सय ९७ रनको विशाल योगफल खडा गर्‍यो । प्रत्युत्तरमा नेपाल ४२.३ ओभरमा एक सय ४३ रनमै समेटियो । 

बंगलादेशको जितमा नस्रोसे नविलले एक सय २७ रनको अविजित शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय १२ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए । सो इनिङ्समा मोहमद फहिम रिटायर्ड हट हुनुअघि ५४ बलमा समान तीन चौका र छक्का प्रहार गरी ५८ रन जोडे । इफितिहर हुसेन र मेहरूवले समान २१ रन जोडे । नेपाली बलरले २९ अतिरिक्त रन दिएका थिए । 

दुई सय ९८ रन पछ्याएको नेपालले कुनै पनि समय स्तरीय ब्याटिङ गर्न सकेन । नेपालको ब्याटिङ इनिङ्समा गलसन झाले २८ बलमा चार चौका र एक छक्का प्रहार गरी सर्वाधिक ३५ रनको योगदान दिएका थिए । यसैगरी विवेक मगरले ६० बलमा ३३ रन तथा विवेक यादवले ३४ बलमा २६ रन बनाए । नेपालका ६ ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । ३० ओभरमा नेपाल ८१–६ को अवस्थामा थियो ।

विवेक र गलसनले सातौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै नेपाललाई १४१–७ को अवस्थामा राखे । त्यसपछि नेपालले स्कोर बोर्डमा दुई रन चढाउँदा १४३ रनमै सबै विकेट गुमायो । एक सय ४३ रनकै स्कोरमा नेपालले लगातार बलमा तीन विकेट गुमाएको थियो । 

ad
ad
ad
ad