१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १० शनिबार ०७:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् व्यापार कम्पनीलाई  विद्युत् बिक्रीको अनुमति दिने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १० शनिबार ०७:४३:००

सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापना भएको विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमति दिने निर्णय गरेको ऊर्जामन्त्री पम्फा भुसालले बताइन् । 

अहिले प्रस्तावित विद्युत् विधेयकमा विद्युत् व्यापार कम्पनीलाई अनुमतिपत्र दिने व्यवस्था भए पनि विद्यमान ऐनमा नेपाल विद्युत् प्राधिकरणबाहेक अन्य कम्पनीले विद्युत् व्यापार गर्न पाउने व्यवस्था छैन । मन्त्री भुसालले निजी क्षेत्रबाट आउने कम्पनीलाई समेत अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने तयारी गरेको बताइन् ।

भाडामा बस्नेलाई छुट्टै मिटर 
अब घरभाडामा बस्नेले आफ्ना लागि मात्र प्रयोग हुने गरी प्राधिकरणको छुट्टै मिटर लिन सक्ने भएका छन् । अपार्टमेन्ट तथा कोलोनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन् । विद्युत् वितरण विनियमावली, २०६९ लाई संशोधन गरी यस्तो व्यवस्था गरिएको हो । 

‘यसबाट सहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुनेछन्,’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले भनिन् । घरधनीको मिटरबाटै भाडामा बस्नेले पनि विद्युत् उपयोग गर्नुपर्ने र प्राधिकरणले तोकेकोभन्दा धेरै महसुल तिर्नुपर्ने अवस्था देखिएकाले यो व्यवस्था गरिएको मन्त्री भुसालले बताइन् ।