नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको बताए। शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा उनले लोड धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकोले बिजुली गइरहेको बताए। उनले उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए।
प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १५० मिलियनको फन्ड आइरहेको र त्यो फन्ड काठमाडौं र पोखराका प्रमुख क्षेत्रमा अन्डरग्राउन्ड केबलिङमा हुने बताए ।