मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ९ मंगलबार o८:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनु गलत : रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार o८:१८:oo

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कने प्रयास गर्नु गलत भएको बताएका छन् । सोमबार पत्रकार महासंघ प्रदेश प्रतिष्ठानको पदस्थापना कार्यक्रममा उनले देशको अभिभावक भएको व्यक्ति सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने बताए ।

पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा ल्याउन माओवादीले पद सिर्जना गर्न लागेको विषयको रिजालले आलोचना गरे ।

‘देशको उपराष्ट्रपति भइसकेको मान्छे राजनीतिमा प्रवेश गर्दै हुनुहुन्छ, पद सिर्जना गरिँदै छ । देशको राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किन लागेको भनेर साथीहरू हर्षबढाइँ गर्दै हुनुहुन्छ । राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फकाउन सर्वथा अनिष्टकारी कुरा हुनेछ । मुलुकले त्यहाँसम्म पुर्‍याएपछि त्यहाँ रहँदामा मात्र होइन, त्यसपछि पनि मुलुकको अभिभावको रूपमा रहन्छ भनेर पठाएका हो,’ उनले भने ।