सन् १९५१ : लिबिया इटलीबाट स्वतन्त्र भयो । उत्तरी अफ्रिकी देश लिबियामा सन् १९१२ देखि इटलीले शासन गरेको थियो । स्वतन्त्र भएपछि तत्कालीन राजा इड्रिसको मातहतमा लिबिया संवैधानिक राजतन्त्रात्मक देश बन्यो । सन् १९६९ मा तत्कालीन कर्णेल मौमर गद्दाफीको नेतृत्वको सेनाले कु गरी इड्रिसलाई पदमुक्त गरेको थियो ।
सन् १८२६ : अमेरिकाको न्युयोर्कस्थित मिलट्री एकेडेमीमा दंगा भड्कियो । खानेकुरामा मिसावटको विषयलाई लिएर दंगा भड्किएको थियो ।
सन् १८६५ : अतिवादी श्वेत सर्वोच्चतावादी संगठन कुल क्लक्स क्लानको स्थापना । सेनाका वरिष्ठ अधिकारीले न्युयोर्कको पुलास्की गाउँमा उक्त चरमपन्थी गोरा सर्वोच्चतावादी संगठन स्थापना गरे । संगठनलाई क्लान पनि भनिन्छ ।
सन् १९१४ : क्रिसमस सम्झौता सम्पन्न । प्रथम विश्वयुद्धताका ब्रिटिस र जर्मनीका सेनाबिच अनौपचारिक र छोटो युद्धविराम भयो, जसलाई इतिहासमा क्रिसमस ट्रुस भनिन्छ । शान्ति सम्झौताको अवधिमा दुवै पक्षका सेनाले इसाई भजन गाउनुका साथै खानेकुरा र उपहार आदान–प्रदान गरेका थिए । त्यस्तै दुवै पक्षबिच फुटबल खेल आयोजना भएको थियो ।