मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ९ मंगलबार o७:५२:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार o७:५२:oo

त्रिविलगायत हाम्रा शैक्षिक संस्थामा राजनीति कति हाबी छ ?
उच्च शिक्षामा राजनीति गर्नमा नेपाल संसारमै एक नम्बरमा रहेको छ । राजनीतिले हाम्रा विश्वविद्यालयहरूलाई संगठित रूपमै ‘क्याप्चर’ गरेको छ । यहाँ भन्नलाई सबैले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा राजनीति गर्नु हुँदैन भन्छन् तर गर्नचाहिँ तिनले राजनीतिबाहेक अर्थोक केही गर्दैनन् । काठमाडौं विश्वविद्यालयबाहेक हाम्रा जति पनि विश्वविद्यालय खुलेका छन्, तिनको स्थापना नै राजनीतिक उद्देश्य पूर्तिकै लागि भएको हो । कुनै व्यक्तिका नाममा विश्वविद्यालयको नाम राख्नु पनि राजनीति नै हो । यहाँ कतिपय विश्वविद्यालय आफ्ना मान्छेलाई भिसी बनाउनकै लागि खुलेका समेत छन् । त्यसैले, यहाँका शैक्षिक संस्थामा राजनीति कति हाबी छ, यसैबाट अनुमान गर्न सकिन्छ ।

विरोधका कारण उपकुलपति कार्यालय जान नसक्नु र त्रिवि सभा सिंहदरबारमा हुनुले के संकेत गर्छ ?
यसमा मुख्य दोष उपकुलपतिकै छ । कार्यकारी प्रमुख उपकुलपतिले आलंकारिक कुलपतिले जहाँ भन्छन्, त्यहीँ डोरिएर जानुपर्दैन । त्रिविको सिनेट बैठक स्मृति भवनबाहिर बसेको कुनै ‘रेकर्ड’ थिएन अहिलेसम्म । यसबाट त्रिविको सिनेटकै हुर्मत लिने काम भएको छ ।  

विद्यार्थी राजनीतिमा दलहरूको मलजल कति हुन्छ ?
विद्यार्थी राजनीतिलाई मलजल गर्ने नै राजनीतिक दलहरूले हो । उनीहरूले स्ववियुका सभापतिलाई सांसदको टिकट दिन्छन्, विभिन्न राजनीतिक नियुक्तिमा प्राथमिकता दिन्छन् । दलहरूको मुख्य उद्देश्य नै शैक्षिक संस्थाबाट पार्टीका क्याडर उत्पादन गर्ने हुन्छ । त्रिविको तलब खाएर पार्टी नेताहरूको चुनावमा भोट हाल्न जाने प्राध्यापक, कर्मचारी पनि छन् । शैक्षिक संस्थामा राजनीति चरम रूपमा हाबी छ । यसलाई समयमै कम गराउन सकिएन भने हाम्रो उच्च शिक्षाले कुनै ‘सेप’ र ‘साइज’ लिन सक्दैन ।