१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ७ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ७ बुधबार १९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी अध्ययन कार्यदलले थाल्यो काम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ७ बुधबार १९:४५:oo

एमसिसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले काम थालेको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको कार्यदलले बुधबारबाट काम थालेको हो । कार्यदलले एमसिसीसँग सम्बन्धित सबै पक्षको विस्तृत अध्ययन गरेर सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेतालाई सुझाब दिनेछ । 

कार्यदलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । खनालनिवास डल्लुमा बुधबार बसेको कार्यदलको पहिलो बैठकमा भएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्यदलका सदस्य कार्कीले जानकारी दिए ।

कार्यदल छिट्टै निष्कर्षमा पुगेर सञ्चारमाध्यममार्फत नेपाली जनतालाई सुसूचित गर्ने योजना रहेको कार्कीले बताए । कार्कीले भने, ‘एमसिसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौँं । र, आज प्रारम्भिक छलफल भएको छ । छलफल सकारात्मक भएको छ । अब केही दिनपछि हामी थप छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’

कांग्रेस एमासिसी पारित गरेर जानुपर्नेमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसिसी पारित गर्न नहुने पक्षमा छन् । सरकारमा हुँदा एमसिसी पास गर्न जोड दिएको एमाले भने अहिले पर्ख र हेरको नीतिमा छ ।

ad
ad
ad
ad