मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ६ मंगलबार १९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक करोड दश लाखमा सालक बेच्न खोज्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार १९:१५:oo

जिउँदो सालक बिक्रीका लागि राखिएको सूचनापछि महागनरीय अपराध महाशाखाको विशेष टोली बालाजुस्थित माछापोखरी पुग्यो। सम्पर्कमा रहेका व्यापारी पहिचान गरे। भेटका क्रममा जब उनले सालकको मूल्य ‘एक कारोड दश लाख रुपैयाँ’ भने त्यहाँ गएका प्रहरी चकित परे। 

खास मूल्य पत्ता लगाउने उद्देश्यले अनुसन्धानमा संलग्न प्रहरी बार्गेनिङमा उत्रियो। ६० लाख रुपैयाँभन्दा तल झर्न ती व्यक्ति मान्दै मानेन्। पक्राउपछि बल्ल खुल्यो, जिउँदो सालकलाई एक करोड १० लाख रुपैयाँमा बेच्न खोज्ने दोलखा कालिन्चोक गापा–६ लेप्टुङका २६ वर्षीय उद्धव थामी रहेको। महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार बेच्न खोजिएको जिउँदो सालक उनले सिन्धुपाल्चोकबाट ल्याएका थिए। 

उनले भने, ‘जिउँदो सालक बेच्न राखिएको सूचनापछि हामी पहिल्याउँदै बालाजु पुग्यौँ। सालक हेर्यौँ। मोल बुझ्दा एक करोड १० लाख रुपैयाँ रे। हामीले उसलाई ठाउँका ठाउँ पक्राउ गर्यौँ। अनुसन्धानपछि खुल्यो, सालक व्यापारी दोलखाका उद्धव थामी रहेछन्। सिन्धुपाल्चोकबाट सालक ल्याएको खुल्यो।’

महाशाखाका अनुसार चीनमा तस्करी गर्ने उद्देश्यले उद्धवले सालक सिन्धुपाल्चोकबाट समातेर ल्याएका थिए। तत्काल ग्राहक नभेटिएको हुँदा सालकलाई उनले कोठामै बनाइएको खोरमा थुनेर राखेका थिए। पक्राउ परेका उद्धवको डेरा माछापोखरी नै हो। महँगाे मूल्यमा बेच्ने उद्देश्यले उनी ग्राहक खोज्ने धुनमा थिए। 

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने,‘सालक महँगाे मूल्यमा बिक्री हुँदै छ भनेपछि हामीले ठाउँको सर्च गर्यौँ। बालाजु क्षेत्रमा सर्च गर्दा यो भेटियो। बरामद सालक खोर बनाएर राखिएको अवस्थामा फेला परेको थियो।’

पक्राउ सालकसहित उद्धवलाई प्रहरीले थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय काठमाडौं पठाएको छ। तीन किलो तौलको खैरो रङवाला बरामद सालक अति दुर्लभ जंगली जनावरमध्येमा पर्छ। यसको बिक्री वितरण गर्न सरकारले रोक लगाएको छ।