मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ५ सोमबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ५ सोमबार १४:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहज रूपमा उच्च शिक्षा प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ५ सोमबार १४:३३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्। सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

आर्थिकस्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने सरकारको मान्यता रहेको भन्दै उनले राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताए। उनले आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युगसापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको औँल्याए।

‘विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूविस्तार र विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नति गर्ने गरी यसलाई निरन्तरता दिनुपर्दछ। विश्वविद्यालयको स्तर उँचो बनाउन सम्पूर्ण पदाधिकारी, प्राध्यापक, विद्यार्थीसँग सहकार्यको आवश्यकता पर्दछ। विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी समाजको विकास, रूपान्तरणमा सहयोगी हुनुपर्दछ,’ उनले भने,’ विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढंगले प्रयोग गर्न सबैलाई आवश्यक वातावरण सिर्जना गरिनेछ। सरकारको पनि आर्थिक स्तरमाथि भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता छ। समाजका सबै वर्ग, समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र, समाजमा उपयोग गर्न सक्ने वातावरण तयार गर्ने हाम्रो आजको राष्ट्रिय दायित्व हो।’