नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणनाको तयारी गरिएको छ। महामन्त्रीको मतगणना सकिएलगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको हो। निर्वाचन समितिका सचिव गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री पदको महिला, जनजाति र दलित क्लस्टरको मतगणना केहीबेरमा हुनेछ।