१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष १ बिहीबार o७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

 सिसाको घरबाट ढुंगा हान्ने प्रयास ओलीलाई भारी पर्छ : जगन्नाथ खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १ बिहीबार o७:o२:oo

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले सिसाको घरबाट ढुंगा हान्ने प्रयास एमाले अध्यक्ष केपी ओलीलाई भारी पर्न सक्ने बताएका छन् । बुधबार ओलीले प्रचण्ड–ज्ञानेन्द्र साँठगाँठमा १९ माघमा प्रतिगामी कदम, माधवको विदेशीसँग कनेक्सन, कांग्रेस अस्थिरताको औजारलगायतका टिप्पणी गरेपछि खतिवडाले यस्तो अभिव्यक्ति ओलीको बर्बराहट मात्र भएको बताए । 

उनले भने, ‘मूलतः यो केपी ओलीको बर्बराहट मात्र हो । आफ्ना कमजोरी ढाकछोप गर्न विदेशी शक्तिलाई देखाउने नेपालीको आमचरित्र नै भएको छ, त्यसैले उनले आफ्ना कमजोरीलाई विषयान्तर गर्न त्यस्ता अभिव्यक्ति दिएका हुन् । ओली स्वयं संविधान, संसद् समाप्त पार्न लाग्ने, तर अरूलाई अस्थिरताको कारक देख्नेजस्तो कुतर्क केही हुन सक्दैन । सर्वोच्च अदालतले नै राजनीतिक स्वार्थका लागि संसद् विघटनको कदम चालिएको भनिसकेको सन्दर्भमा अरूलाई आरोपी बनाउनु गुम्दै गएको साखको तनाव कम गर्न हुन सक्छ । त्यसैले सिसाको घरमा बसेर ढुंगा हान्ने प्रयत्न उनलाई नै भारी पर्न सक्छ । विदेशी शक्तिसँग कसैको कनेक्सन छ भने बाहिर ल्याए त्यो देशकै लागि हितको विषय हुनेछ । यो गम्भीर आरोपबारे पार्टीको सचिवालय बैठकले नै आधिकारिक धारणा बनाउनेछ ।’