नेपाली कांग्रेसको जारी १४औँ महाधिवशेनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५७ जनाले नाम फिर्ता लिएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार दुई पदाधिकारी र ५५ केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएका छन्।
सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्री पदमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद यादवले आफ्नो नाम फिर्ता गरेका छन्। उम्मेदवारी फिर्ता लिनेको संख्या बढ्न सक्ने बताइएको छ। कतिपयले नाम फिर्ताका लागि फारम बुझाए पनि उपस्थित नभएका समितिका एक सदस्यले जानकारी दिए। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि सोमबार निर्वाचन हुनेछ।