नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। शनिबार १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका थिए। त्यसमध्ये अहिलेसम्म २३ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए।
उम्मेदवारी फिर्ताको समय बिहान ११ बजेसम्म तोकिएपनि डेढ घन्टा थप गरेर साढे १२ बजेसम्म पु–याइएको छ। उम्मेदवारी फिर्ता लिनेले उम्मेदवारी दर्ताबापतको शुल्क भने फिर्ता पाउनेछैनन्। केन्द्रीय सदस्यका लागि १० हजार उमेदवारी दर्ता शुल्क तोकिएको थियो।