नेपाली कांग्रेसको सहमहामन्त्री पदका लागि केन्द्रीय सदस्य बद्री पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्। १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएसँगै पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्।
मनोनयन दर्ताको समय आज साँझ ५ बजेसम्म तोकिएको छ। केन्द्रीय सदस्यका लागि अहिलेसम्म ३० भन्दा बढीको उम्मेदवारी दर्ता भइसकेको निर्वाचन समितिले जनाएको छ।