मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर २२ बुधबार १३:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार खरिद नियमावली संशोधन गर्ने तयारीमा छ : मन्त्री झाँक्री 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २२ बुधबार १३:३७:००

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारले खरिद नियमावली संशोधन गर्ने तयारी गरिरहेको बताएकी छिन् । बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४औँ राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । 

सरकारको विकास निर्माणको पुँजीगत खर्च गर्ने क्षेत्र नै निजी क्षेत्र भएको बताउँदै उनले भनिन्, ‘सरकारको सार्वजनिक खर्च गर्ने र विकासशील नेपाल बनाउन प्रमुख भूमिका रहने भएकाले निर्माण व्यवसायीलाई इज्जत चाहिँन्छ। त्यसैले सरकारले अहिले भएका कानुनलाई सरलीकृत गर्नु आवश्यक छ । योजना छनोटदेखि कार्यान्वयनसम्मका योजना बनाउनुपर्छ । निर्माण ऐनलाई सामूहिक परिर्वतन गर्नुपर्छ ।अहिले विविध कारणले नियमावलीमा मात्रै संशोधन गरेका छौँ । निर्माण क्षेत्रमा भएका सबै समस्या समाधान गर्न खरिद नियमावली संशोधन गर्न आवश्यक छ । सरकारले त्यसको तयारी गरिरहेको छ।’

मन्त्री झाँक्रीले नेपालीको विकास, समृद्धिको आधार र अर्थतन्त्र चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण योगदान रहेको बताइन् ।