मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ६ सोमबार
  • Monday, 20 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार १३:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल चोरीमा संलग्न सातजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार १३:२९:००

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार राम शाह पथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

गएराति काठमाडौंको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए। उक्त अवसरमा महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ।