१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २० सोमबार
  • Saturday, 06 July, 2024
तस्बिर : निर्माणाधिन कोशी करीडोर विद्युत सबस्टेसन 
२o७८ मङ्सिर २० सोमबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कोसी करिडोर विद्युत् सब–स्टेसनको काम ९० प्रतिशत सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २० सोमबार १६:१२:oo

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुंगेसाँघुमा निर्माण भइरहेको २२० केभी क्षमताको कोसी करिडोर विद्युत् सब–स्टेसनको काम ९० प्रतिशत सकिएको छ। सन् २०१८ जुनदेखि सुरु भएको कोसी करिडोर २०२० डिसेम्बरसम्ममा सक्नुपर्ने मिति तोकिएको थियो । तर, कारोनाको कारण देखाउँदै पहिलोपटक सन् २०२१ डिसेम्बरसम्मलाई म्याद थपिएको थियो। यो अवधिमा पनि नसिकने भएपछि फेरि म्याद थप्ने तयारी भइरहेको छ। 

काम सुरु भएकोे चार वर्षको अवधिमा सब–स्टेसनको स्ट्रक्चरको काम सकिएको छ। कोसी करिडोरमार्फत विद्युत् सब–स्टेसन निर्माणका लागि कम्पनीका तर्फबाट खटिएका साइट इन्चार्ज रकिन्द्र झाले भवन निर्माण, ट्रान्सफर्मर राख्ने केन्द्रको व्यवस्थापनजस्ता काम सकिएको बताए । बाँकी रहेका अर्थ कटिङ, फिलिङ तथा अन्य सामान्य कामहरू ४ महिनाभित्र सकिने उनले बताए। 

ठेक्का सम्झौताअनुसार तेह्रथुमको वसन्तपुरदेखि अहिले निर्माण भइरहेको कोसी करिडोर सब–स्टेसनसम्म लाइन ल्याउनुपर्नेछ। त्यसका लागि आवश्यक १३२ विद्युत् टावरमध्ये ९७ वटा टावरको निर्माण सम्पन्न भइसकेको इन्जिनियर झाले जानकारी दिए। बाँकी  ३५ वटा टावर निर्माण प्रक्रियामा रहेको पनि उनले बताए।

अहिले निर्माण कम्पनीले दोभानबाट ढुंगेसाँघुको तेल्लाबुङसम्मको ट्रयाक खोल्नुका साथै मदन भण्डारी राजमार्गका ठाउँ–ठाउँमा स्तरोन्नतिको कामसमेत गरेर सामानको ढुवानी गरेको छ। 

हाल जिल्लामा उत्पादन भएको पाँच सय मेगावटसम्मको बिजुलीलाई कोसी करिडोरबाट पास गर्न सकिने इन्जिनियर झाले बताए। उनले अहिले टावरमा एकतर्फ मात्र तार लागाइएकोले ५ सय मेगावट मात्र बिजुलीलाई पास गर्न सकिने बताए। एकतर्फको तार भने यो ठेक्कामा नभएको र सो तारसमेत लगाएपछि १ हजार मेगावाटसम्म बिजुली पास गर्न सकिने इन्जिनियर झाको भनाइ छ। 

कोसी करिडोर ढुंगेसाँघुबाट तेह्रथुमको वसन्तपुर सब–स्टेसन हुँदै सुनसरीको इनरुवा स्टेसनमा जाने र केन्द्रीय प्रसारणमा जाेडिने बताइएको छ। झन्डै २ सय रोपनी क्षेत्रफलमा फैलिएको यो सब–स्टेसन निर्माणको कुल लागत २० मिलियन डलर अर्थात झन्डै २ अर्ब ३२ करोड नेपाली रुपैयाँ छ। 

ad
ad
ad
ad