Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ मङ्सिर २० सोमबार ११:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २० सोमबार ११:२१:००

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मी ई–कमर्स इन्टरनेसनलले अवैध रूपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ। पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबीस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २७ वर्षीय पुष्पराज तिमिल्सेना छन्।

नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत)प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मी ई–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप संकलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तिमिल्सेना आफैँले राष्ट्र बैंकको नक्कली इजाजतपत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। सञ्चालक तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। पक्राउ परेका तिमिल्सेनालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात वर्ष कैद र रु ७० हजार जरिवान सजाय हुने कानुनी व्यवस्था छ। रासस