१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १८ शनिबार
  • Tuesday, 02 July, 2024
२o७८ मङ्सिर १८ शनिबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पौडेल भन्छन्– गण्डकीमा जस्तै केन्द्रमा पनि आफू पक्षीय एउटै उम्मेदवार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १८ शनिबार १९:२o:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा जस्तै केन्द्रमा पनि आफू पक्षीय एकजना मात्र उम्मेदवार बन्ने दाबी गरेका छन्। गण्डकीमा सभापतिका ६ आकांक्षीलाई घटाएर एउटामा सीमित पार्न सकिएकामा उत्साहित देखिएका पौडेलले शनिबार प्रदेश समिति चयनका लागि मतदानपछि सञ्चारकर्मीसँग यस्तो दाबी गरेकाहुन्। 

उनले आफू केन्द्रीय सभापतिका लागि उम्मेदवार हुने–नहुने निर्णय भइनसकेको बताए। ‘यहाँ (गण्डकी) मा जसरी एउटै उम्मेदवार दिन सकियो । केन्द्रमा पनि एउटै उम्मेदवार बन्छौँ ।’ उनले भने, ‘मेरो विषयमा निर्णय भइसकेको छैन। यत्ति बुझ्नुस् त्यहाँजस्तै केन्द्रमा पनि एउटै उम्मेदवार बन्छौँ।’

केन्द्रमा आफ्नो समूहबाट को उम्मेदवार भनेर अहिले नै भन्न उपयुक्त नरहेको उनले बताए। सामूहिक सल्लाह गरेरै उम्मेदवारी दिइने उनले बताए। ‘काठमाडौं गएपछि सल्लाह गरेर निर्णय गर्छौं । हाम्रो बीचमा जे सल्लाह हुन्छ । त्यही निर्णय हुन्छ ।’ उनले भने, ‘समूहबाट एउटै उम्मेदवार हुन्छ ।’

गण्डकी प्रदेशमा पौडेल समूहबाट सभापतिका लागि शुक्रराज शर्मासहित यज्ञबहादुर थापा, देवराज चालिसे, रघुनाथ पौडेल र महेन्द्रध्वज जिसी आकांक्षी थिए । लामो छलफल र प्रयासपछि पौडेल समूहले मनोनयनको अघिल्लो राति शुक्रराज शर्मालाई सभापति उठाउने निर्णय गरेको थियो।
 

ad
ad
ad
ad