१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १७ शुक्रबार o८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मिस्टर नेपाल  २०२२ को आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १७ शुक्रबार o८:२६:oo

कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित सौन्दर्य प्रतियोगिताहरू धमाधम आयोजना हुन थालेका छन् । यसै क्रममा नेक्स्ट मोडल्स नेपालले मिस्टर नेपाल प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । 

यसअघि एक्सपोज नेपालले आयोजना गर्दै आएको प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको हो । आयोजक नेक्स्ट मोडल्सले बिहीबार विज्ञप्ति जारी गर्दै मिस्टर नेपाल–२०२२ का लागि आवेदन खुला गरेको जनाएको छ ।

नेक्स्ट मोडल्सका अनुसार प्रतियोगितामा १८ देखि ३२ वर्षसम्मका युवाले आवेदन दिन सक्छन् । साथै विश्वका जुनसुकै स्थानमा रहेका ५ फिट ८ इन्चमाथि उचाइ भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

प्रतियोगिताको अडिसन माघको दोस्रो सातादेखि हुँदै छ । मिस्टर वल्र्डमा नेपालको सहभागिता अझ दर्बिलो बनाउन र प्रतियोगितालाई थप उचाइ दिने उद्देश्यले मिस्टर नेपालसँग जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाको तयारी कक्षास्वरूप स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाज सेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत प्रशिक्षणमा सहभागी गराइनेछ । 

ad
ad
ad
ad