मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 19 December, 2024
एजेन्सी इस्लामावाद
२o७८ मङ्सिर १६ बिहीबार ११:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विद्यार्थी संगठनमाथि प्रतिबन्ध फुकुवा गर्न माग

Read Time : < 1 मिनेट
एजेन्सी इस्लामावाद
नयाँ पत्रिका इस्लामावाद
२o७८ मङ्सिर १६ बिहीबार ११:४१:oo

पाकिस्तानको पेसावरमा सरकारले विद्यार्थी संगठनमाथ प्रतिबन्ध लगाएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री इमरान खानविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूलाई सहजीकरण गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । 

‘ब्यानर र प्लेकार्ड बोकेका विद्यार्थीहरूले प्रदर्शनका क्रममा विद्यार्थी संगठनलाई पुनर्स्थापना गर्न माग गरेका छन्, त्यसो भयो भने विद्यार्थी हकहितका लागि आवाज उठाउन सकिन्छ भन्ने उनीहरूको भनाइ छ’ पाकिस्तानी पत्रिका डनले समाचार लेखेको छ । विद्यार्थी नेता क्वासिम खानले मार्सल लगाएर विद्यार्थी संगठनमाथि विगतमा प्रतिबन्ध लगाइएको र पछिल्लो सरकारले त्यसलाई नै निरन्तता दिएको आरोप लगाएका छन् ।

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउनु पाकिस्तानको संविधानको धारा १७ को विपरीत हुने नेता खानको भनाइ छ । संविधानमा नागरिक संगठित हुने, संगठन खोल्ने अधिकार सुरक्षित रहेका विद्यार्थीहरूको भनाइ छ । यद्यपि सार्वभौमसत्ता, अखण्डता, पाकिस्तानको स्वतन्त्रता एवं शान्ति–सुरक्षा खलल गर्ने गरी मात्रै संगठन खोल्न नपाइने संविधानमा उल्लेख छ ।