१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
अमुल थापा काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तस्बिरमा राप्रपा महाधिवेशनको उद्‍घाटन समारोह

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:o५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजबाट सुरु भएको छ। भृकुटीमण्डपमा विशेष समारोहबीच महाधिवेशनको उद्घाटन भएको हाे। पछिल्लोपटक पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा एकीकृत तथा कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकता भएपछि हुन लागेको यो पहिलो महाधिवेशन हो।

महाधिवेशनले एकीकृत पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्नेछ। बिहीबार महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु हुनेछ। राप्रपा महाधिवेशन प्रचारप्रसार संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा देशभरिबाट करिब चार हजार दुई सय  महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनबाट पदाधिकारीसहित एक सय ४९ जना निर्वाचित हुनेछन्। 

अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री तथा एक सय ४१ जना केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया बिहीबार सुरु हुनेछ। निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन्। सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र सहायक कोषाध्यक्ष पनि निर्वाचित अध्यक्षले मनोनीत गर्नेछन्। 

 


 

ad
ad