१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Monday, 30 June, 2025
तिवारी यादव वीरगन्ज
२o७८ मङ्सिर १३ सोमबार २o:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको सूचीमा नपरेका सिंह निर्विरोध केन्द्रीय सदस्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार २o:४१:oo

नेकपा एमाले पर्साका युवा नेता अरविन्द सिंह निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। चितवनको सौराहामा जारी दशाैँ राष्ट्रिय महाधिवेशनमा केपी ओलीको सूचीमा नपरेका सिंह खुलातर्फ प्रदेश २ बाट निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। 

सिंह घनश्याम भुसल र योगेश भट्टराईनिकट मानिने नेता हुन्। सिंहसहित प्रदेश २ बाट ६ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। प्रचारप्रसार विभागका सदस्यसमेत रहेका नेता सिंह एमालेका नवाैँ महाधिवेशनमा ६ मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए। केन्द्रीय सदस्यमा खुलातर्फबाट सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल निर्वाचित भएको एमाले महाधिवेशनको केन्द्रीय निर्वाचन आयोगको सूचीमा उल्लेख छ। 

पर्साबाट चारजना केन्द्रीय सदस्य
पर्सामा निर्विरोध निर्वाचित हुनेमा चारजना रहेका छन्। पर्साबाट केन्द्रीय सदस्यमा अरविन्द सिंह, राजकुमार गुप्ता, निर्मला देवकोटा र प्रभु हजारा निर्वाचित भएका छन्। सिंह प्रदेश २ बाट खुलाबाट केन्द्रीय सदस्य भएका छन् भने देवकोटा खुला महिलाबाट, हजारा दलितबाट र गुप्ता प्रदेश २ को  मधेसी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्।