मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Tuesday, 01 September, 2026
२o७८ मङ्सिर १० शुक्रबार १२:३४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसमा कोइला खानी दुर्घटना हुँदा ५२ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १२:३४:oo

रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा ५२ जनाको ज्यान गएको छ। प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार भएको दुर्घटनामा परी ६ उद्धारकर्मीसहित ५२ जनाको मृत्यु भएको हो।

यहाँका अधिकारीहरूले गएको पाँच वर्षमा यो सबैभन्दा ठूलो खानी दुर्घटना भएको जनाएका छन्। रुसी समाचार समिति तासले दुर्घटनामा परेका मजदुरहरू कोही पनि जीवित नरहेको बताएको छ। दुर्घटना परेको थाहा भएपछि उद्धारको काम थालिएको, तैपनि त्यहाँ च्यापिएर रहेकामध्ये कोही पनि जीवित नपाइएको समाचारमा उल्लेख छ।

कोइला खानीमा विस्फोट भएपछि कोइलाको कालो धुलोले खानीभित्र अँध्यारो भएर उद्धारको काम गर्न कठिन भएको बताइएको छ। समाचारअनुसार दुर्घटनाका क्रममा खानीमा कम्तीमा पनि दुई सय ८५ मजदुर र कर्मचारी रहेका थिए। त्यसपछि कतिपयलाई उद्धार गरेर बाहिर निकालिएको थियो।

यस दुर्घटनामा घाइते भएका मजदुरको उपचार जारी रहेको बताइएको छ। उनीहरूलाई खानीभित्रको कोइलाको कालो धुवाँले असर गरेको बताइएको छ। रासस/सिन्ह्वा