१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Wednesday, 03 July, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७८ मङ्सिर ७ मंगलबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तीन बालकको जलेर मृत्यु

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार o७:४९:oo

आगलागीमा परेर हेलम्बु गाउँपालिका– ७ सुर्सिङका तीन बालकको जलेर मृत्यु भएको छ । ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनीष तामाङ र पाँच वर्षकै  दिलबहादुर तामाङको जलेर मृत्यु भएको हो ।

सोमबार बेलुका ७ बजे सन्च तामाङको एकतले घरमा आगलागी भएको हो । गोठचुलोमा रहेको मकैका खोष्टा र परालबाट आगो सल्कँदा आगलागी भएको हेलम्बु गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । आगलागीबाट जलेर घर पूर्ण रूपमा नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय हेलम्बुबाट गएको प्रहरी नायब निरीक्षक सुनील थापाको टोलीले स्थानीयको सहयोगमा एक घन्टापछि आगो निभाएको थियो । घरका अभिभावक मेलापात गएको वेलामा आगलागी भएकोले बच्चाहरू जलेको प्रहरीले बताएको छ । 
 

ad
ad
ad
ad